शनिबार
२४ श्रावण
२०७७

सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न अमेरिका प्रस्थान, लगाए पिपिई सेट र मास्क

बिहीबार श्रावण १५, २०७७/ Thursday 07-30-20

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने अमेरिका प्रस्थान गरेका छन् । उनी बिहीबार बिहान १० बजे कोरियन फ्लाइट्समा अमेरिका गएका हुन् । त्यहीबाट उनी क्यारेबियन प्रिमियर लिग (सीपिएल) खेल्न जाने भएका छन् । 

अन्तर्राष्ट्रिय उडान अनिश्चितताका कारण सन्दीपको सीपिएल क्रिकेटमा सहभागिता अनिश्चितजस्तै बनेको थियो। प्रतियोगिता सुरु हनुभन्दा केही साताअघि नै त्यहाँ पुगिसक्नु प्रावधान छ, त्यहाँ पुगेपछि उनी १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

कोरियन एयरलाइन्सको चार्टर्ड फ्लाइटमार्फत उनी अमेरिका हुँदै क्यारेबियन पुग्नेछन्। सन्दीप अगष्ट १ तारिखमा त्यहाँ पुग्नेछन्। सीपिएल आयोजकले सम्पुर्ण खेलाडीलाई अगष्ट १ तारिखसम्म आईपुग्न समयसिमा दिएको थियो।

सीपिएलमा यसपटक सन्दीप जमैका तल्लावाजबाट खेल्दैछन्। उनलाई ९० हजार अमेरिकी डलरमा तल्लावाजले आबद्ध गरेको हो। सीपिएल अगस्ट १९ तारिखदेखी सुरु हुँदै छ।