शनिबार
२४ श्रावण
२०७७

आज मुस्लिम समुदायको महान पर्व बकर इद्, प्रधानमन्त्रीले दिए शुभकामना  

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20

काठमाडौं - आज मुस्लिम समुदायको महान पर्व इद उल अजहा ९बकर इद० पर्व परेको छ । आज बकर इद्को दिन मुस्लिम समुदायले  सामूहिक रुपमा नवाज पढ्ने गर्दछन् । तर अहिले कोरोनाभाइरसको संक्रमणका कारण मुस्लिम समुदायले घरमै बसेर नवाज पढेर बकर इद् मनाउदैछन् । 

आज बकर इद् को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाली मुसलमानलाई शुभकामना दिएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाली मुसलमान दिदीवहिनी तथा दाजुभाइमा सुख , शान्ति , सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका हुन् ।