शनिबार
२४ श्रावण
२०७७

औषधिय गुणले भरिपुर्ण जामुनका यस्ता छन् आश्चर्यजनक फाइदा

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20

काठमाडौं - जंगलमा पाइने औषधिय गुणले भरिपुर्ण जामुन निकै फाइदाजनक छ । हेर्दा सामान्य लाग्ने जामुनले धेरै रोग निको पार्न सहयोग गर्छ । जामुनको आयुर्वेदमा पनि प्रयोग गरिन्छ । 

यसमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, आइरन, भिटामिन र फाइबर पाइन्छ । यसको सेवन गर्ने गरेमा मधुमेह रोगबाट टाढा रहन सकिन्छ । आयुर्वेदमा पनि मधुमेह रोग नियन्त्रण गर्न जामुनलाई लिने गरिन्छ । 

जामुनको बोक्रा निकालेर भित्रको बियालाई पिनेर मनतातो पानी सँग खाएमा मधुमेहलाई नियन्त्रण गर्न सकिने बताइएको छ । यसको सेवनले पायल्स रोगबाट पनि टाढा रहन सकिन्छ । जामुनको रुखको बोक्रालाई केहि घण्टा भिजाएर मह मिसाएर पिएमा ठिक हुन्छ । 

कब्जियत र पेटका रोगीका लागी पनि यो फाइदाजनक छ । यसको सेवनले अपच पनि ठिक गर्छ । जामुनको वियालाई पिनेर बनाएको धुलो  मनतातो पानी सँग आएमा अपच ठिक हुन्छ । त्यस्तै यसको रसले छाला सम्बन्धी समस्या पनि ठिक गर्छ ।