शनिबार
२४ श्रावण
२०७७

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख ८२ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ? (अपडेट)

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20

काठमाडौं - कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शनिबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ८२ हजार ९ सय ९८ पुगेको छ भने संक्रमितको संख्या १ करोड ७७ लाख ५८ हजार ८ सय २ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १ करोड ११ लाख ६१ हजार ५ सय ९ जना उपचारपछि निको भएका छन् । 

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ५६ हजार ७ सय ४७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४७ लाख ५ हजार ८ सय ८९ पुगेको छ ।  

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ९२ हजार ५ सय ६८ पुगेको छ भने संक्रमितको संख्या २६ लाख ६६ हजार २ सय ९८ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ हजार ९ सय ६३ पुगेको छ भने संक्रमितको संख्या ८ लाख ३९ हजार ९ सय ८१ पुगेको छ ।