शनिबार
२४ श्रावण
२०७७

प्रचण्डले भने - 'पार्टी एकता एउटा ठूलो उत्सवको रुपमा अघि बढेको छ'

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  पार्टी एकता एउटा ठूलो उत्सवको रुपमा अघि बढेको बताएका छन् । 

शनिवार ललितपुरमा नेकपाका नेता तुल्सीलाल अमात्यको स्मृति सभालाई सम्बोधन गर्दै  प्रचण्डले पार्टीमा भएका गतिविधिले के होला कसो होला भन्ने चिन्ता उत्पन्न भएको बताउदै भने मैले संविधान बनाउने बेलामा पनि, निर्वाचन प्रक्रिया स्थानिय तहको गर्ने बेलामा पनि र गठबन्धन गर्ने बेलामा पनि पद हाम्रो विषय होइन्, राष्ट्र र जनताको भविष्य स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी हो भनेर स्पष्ट पारेका थियौं । 

उनले पद पाउनको लागि तछाडमछाड गरिएको जस्तो देखिएको भन्दै प्रचण्डले भने ,‘यो पदको छिनाझप्टि विल्कुलै होइन् ।’ उनले उक्त कार्यक्रममा बोल्दै पार्टी एकता अझै माथिल्लो स्तरमा सुदृढ गर्नु पर्ने बताए। 

उनले भने  ‘आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने छ, त्यो चाहनालाई कदर गर्दै हामी पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नेछौं।’