शनिबार
२४ श्रावण
२०७७

पश्चिमा शैलीको कपडा लगाउन पाउथिनन् प्रियंकाले, खोलिन् बाल्यकालका यस्ता रहस्य  

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20

काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री हुन् प्रियंका चोपडा । भर्खरै ३८ लागेकी प्रियंका भारतको जमशेदपुरमा जन्मिएकी थिइन् । सन् २००० मा विश्व सुन्दरी बनेकी प्रियंकाको अहिले बलिउडसहित हलिउडमा चर्चा छ । हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी उनले अमेरिकी गायिका निक जोनससँग विवाह गरेपछि त्यती फिल्ममा देखिएकी छैनन् । 

अहिले यो स्थानसम्म आउने आफुले धेरै मेहनत गरेको प्रियंकाले एक अन्तर्वार्तामा बताएकी छिन् । उनले अन्तवार्तामा बाल्यकालका केही कुराहरु खोलेकी छिन् । उनका बुबाले  वाल्यकालमा उनलाई पश्चिमा शैलीको कपडा लगाउन दिदैनथे । 

उनी बाल्यकालमा पढाईमा निकै अघि रहेको बताएकी छिन् । उनलाई बाल्यकालमा मायाले सबैले मिट्ठू नामले बोलाउने गर्दथे । १३ वर्षको उमेरमा अमेरिका पढ्न जाँदा उनलाई धेरैले जिस्काउने गरेको बताइन् । हल्का काली र  खुट्टामा सेतो दाग भएकले उनलाई जिस्काउने गर्दथे ।