शनिबार
२४ श्रावण
२०७७

एफडीले एक करोड ५० लाख बढी रकम नदिएको ‘छ माया छपक्कै’ का निर्माताको गुनासो

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20

काठमाडौं - 'छ माया छपक्कै' धेरै दर्शकले रुचाएको र राम्रो कमाई गरेको फिल्म हो । यसै फिल्मका निर्माता रोहित अधिकारीले  हालै एफडीले रकम नदिदा अर्को फिल्मको तयारी गर्न नसकेको गुनासो पोखेका छन् । 

एफडीका प्रबन्ध निर्देशक शुशील पोखरेले करोडौं रुपैया निर्माताहरुसँग लिनुपर्ने भएतापनि कोही सम्पर्कमा नआएको भन्दै सामाजिक सञ्जालमा आफ्नो कुरा राखेका थिए । तर निर्माता रोहित अधिकारीले एक करोड ५० लाख भन्दा बढि रकम एफडीले रोकेर बसेको बताएका छन् । 

फिल्म रिलिजको एक महिना भित्र सबै रकम पाउनुपर्ने भनिए पनि अझै पाउन नसकेको निर्माता अधिकारीको गुनासो छ । उनले गोपिकृष्ण मुभिज्, बिएसआर, पुष्पाञ्जली, बाराहीलगायतका हलहरुले रकम रोकेर राखेको पनि बताएका छन् ।