शनिबार
२४ श्रावण
२०७७

मलेसियामा सुरक्षा गार्ड कुटिएको बिषयमा प्रहरीले थाल्यो अनुसन्धान

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20

काठमाडौं - मलेसियामा एक नेपाली सुरक्षागार्ड कुटिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा मलेसियामा एक व्यक्तिले एक नेपाली सुरक्षागार्डमाथि लठ्ठीले कुटेको देखिएको छ । 

नेपाली सुरक्षागार्ड कुटिएको उक्त घटनालाई लिएर मलेशियन प्रहरीले अनुसन्धान थालेको बताइएको छ । उक्त घटना जलन मदरसाको भएको र  सुरक्षागार्डमाथि लट्ठीले कुट्ने पाकिस्तानी नागरिक रहेको समाचार संस्था ‘द स्टार’ले जनाएको छ । 

अनुसन्धानमा खटिएका वाङसा मजुका प्रहरी अधिकारी राजब अहमदले अहिले प्रहरी उक्त अनुसंधानमा खटिएको बताएका छन् । उक्त भिडियो सामाजिक सञ्जालमा देखिएपछि शुक्रबार नै मलेसियास्थित नेपाली दूतावासले अनुसन्धानका लागि प्रहरीमा उजुरी दिएको थियो ।