शनिबार
२४ श्रावण
२०७७

जाह्नवी कपूर अभिनित फिल्म ‘गुञ्जन सक्सेना’ को ट्रेलर सार्वजनिक (भिडियो)

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20

एजेन्सी - बलिउडकी अभिनेत्री जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेनाः द कारगिल गर्ल’ को ट्रेलर सार्वजनिक भएको छ । अशरण शर्माले निर्देशन गरेको फिल्म ‘गुञ्जन सक्सेनाः द कारगिल गर्ल’को ट्रेलर शनिवार युट्युबमा सार्वजनिक भएको हो । 

ट्रेलरमा जाह्नवीको अभिनय जबरजस्त देखिएको छ । उनी भारतीय वायुसेनाको फ्लाइंग अफिसरको भुमिकामा देखिएकी छिन् । यस फिल्म इन्डियन एयरफोर्स पाइलट गुञ्जन सक्सेनाको बायोपिक हो । यस फिल्म १२ अगस्टमा नेटफ्लिक्समा रिलिज हुँदैछ ।