शनिबार
२४ श्रावण
२०७७

नेपालमा थप ३१५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो, हेर्नुहोस् कहाँका कति थपिए ?

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20

काठमाडौं । नेपालमा शनिवार थप ३ सय १५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । 

थप कोरोना संक्रमित झापाका २, सुनसरीका १, इलामका २२, सिराहका ५, मोरङका २, उदयपुरका २, सप्तरीका ७, बाराका १, पर्साका ६६, रौतहटका १, बझाङका ६८, अछामका २८, कैलालीका ८९,  कञ्चनपुरका ९ जना, काठमाडौँका ५, कास्कीका १, रुपन्देहीका २, सल्यानका १, रोछापका २ र भक्तपुरका १ जना रहेका छन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले बताए । यस्तै आज थप ९३ जनाले कोरोनाभाइरसलाई जितेर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या १४ हजार ४ सय ९२ पुगेको छ ।