शनिबार
२४ श्रावण
२०७७

यस्ता रोग भएकाहरुले भुलेर पनि नखानुहोस् दही, नत्र ...

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20

काठमाडौं - दही हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक चिज हो । भिटामिन र प्रोटिन भरपुर हुने दहीको सेवनले धेरै रोगहरुबाट बच्न सकिन्छ । यसमा भिटामिन–ए, भिटामिन–डी, भिटामिन–बी १२, आइरन, प्रोटिन पाइन्छ । यसमा पाइने प्रशस्त भिटामिन सी पनि पाइन्छ । 

यसको नियमित सेवनले इम्यून सिस्टमलाई दह्रो बनाउछ । तर केही यस्ता रोगहरु छन् जसका लागि दही उपयुक्त मानिदैन । दहीको सेवन विभिन्न अवस्थामा हानिकारक हुन सक्छ । तपाईले रातिको समयमा दही खाएर सुत्नु हुँदैन । 

राति दही खाएर सुतेमा कफ, रुघा र खोकी हुने सम्भावना हुन्छ । जोर्नीमा पीडा भइरहेको छ भने पनि दही खान हुँदैन । त्यस्तै छालामा एलर्जी छ भने पनि दही खाँन हुदैन ।  यसले झन समस्या ल्याउछ । 

रातमा दही खाएर सुतेमा कोसो बढ्ने हुन्छ । दही तताएर पनि खान हुँदैन । तपाईलाई दमको रोग र पिनास छ भने पनि दही खान हुँदैन ।यस्तो अवस्थामा दही खाँएमा श्वासप्रश्वासको समस्या हुन्छ । मासुसँग पनि दही खाँन हुँदैन ।