शनिबार
२४ श्रावण
२०७७

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न गएका प्रहरीमाथि ढुंगामुढा

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20

काठमाडौं - वीरगञ्जमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न गएका प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ । वीरगञ्ज महानगरपालिका ३१ को मिलनचोकमा शव व्यवस्थापन गर्न गएका प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका हुन् ।  

आक्रमणमा परी जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तसहित ६ जना प्रहरी घाइते भएको जनाइएको छ । शव व्यवस्थापन गर्न प्रहरी टोली पुग्दा त्यहाँका स्थानीयले विरोध गरेका थिए । 

स्थानीयले विरोध गरेपछि कुरा मिलाउने क्रममा स्थानीयले ढुंगामुढा गर्दा  ६ जना प्रहरी घाइते भएको जनाइएको छ । स्थिती सामान्य अवस्थामा ल्याउन प्रहरीले पनि दर्जनौं राउण्ड अश्रुँग्यास प्रहार गरेको जनाइएको छ । अहिले  स्थिति केही नियन्त्रणमा आएको बताइएको छ ।