शनिबार
२४ श्रावण
२०७७

कोरोनाबाट मुक्त भएका नेपालका यी ६ जिल्ला

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20

काठमाडौं । नेपालमा कोरोना संक्रमीतको संख्या बढ्दै गए पनि निको हुनेको संख्या पनि बढी रहेको छ ।  आज पनि थप ९३ जनाले कोरोनाभाइरसलाई जितेर घर फर्किएका छन् । 

हालसम्म नेपालमा कोरोनालाई जितेर भर फर्कनेको संख्या १४ हजार ४ सय ९२ पुगेको छ । यस्तै हालसम्म नेपालका ६ वटा जिल्ला कोरोनामुक्त भइसकेका छन् । कोरोनाबाट मुक्त भएका जिल्लामा भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङ रहेका छन् । 

यी जिल्लामा कोरोना देखिए पनि निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।