शनिबार
२४ श्रावण
२०७७

बढ्यो पेट्रोल र डिजेलको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20

काठमाडौँ - पेट्रोल र डिजेलको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार शनिबार रातिदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य लिटरमा २–२ रुपैयाँले बढेको हो । 

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले पेट्रोल र डिजेलको मूल्य बढेको  हो । 

 यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ रहेको थियो भने अब लिटरको १०४ रुपैयाँ पुगेको छ । त्यस्तै डिजल र मट्टीतेलको मूल्य पनि लिटरमा बढेर  ९० रुपैयाँ पुगेको छ । त्यस्तै हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।