बुधबार
२४ असार
२०७७

पारिवारिक कलह र आर्थिक अभावले नेपालमा मानसिक रोगको अवस्था स्थिति चिन्ताजनक : डा. देवब्रत जोशी

आइतबार पौष २७, २०७६/ Sunday 01-12-20

काठमाडौं । पछिल्लो समय नेपाल मानसिक रोगीको संख्या वृद्धि भइरहेको छ । हरेक उमेर समूहमा मानसिक तथा डिप्रेसनका समस्या देखिने गरेको छ । आर्थिक अभाव, पारिवारिक कलहदेखि शरीरमा उत्पन्न हुने रसायनलागयतका कारण मानसिक तथा डिप्रेसनको समस्या देखिने गरेको छ ।

नेपालमा मानसिक तथा डिप्रेसनको देखिएको समस्या, यसको उपचारको अवस्था र जटिलतालगायत समग्र विषयमा क्यानडानेपालीकी ज्ञानु दुलालले पाटन मानसिक अस्पतालका कन्सल्टेन्ट साईक्याट्रिक प्रोफेसर डा. देवब्रत जोशीसँग लिएको अन्तर्वार्ता ः मानसिक रोगको पछिलो अवस्था के छ ? पछिल्लो समय मानसिक रोगको प्रकोप बढिरहेको छ । पाटन मानसिक अस्पतालमा दैनिक बहिरंगमा सेवा लिनेहरुको संख्या पनि बढेको छ । पहिला पहिला ७० देखि सय जना विरामी आउने गर्थे, तर अहिले भने यो संख्या बढेर दैनिक एक सय पचासदेखि दुई सयसम्म पुगेको तथ्यांकमा छ ।

यो क्रम यो अस्पतालमा मात्र नभइ देशभरी नै बढेको छ । मानसिक स्वास्थ्य सर्वेक्षण देशव्यापी रुपमै जारी छ, सुरुवाती अवस्थाको डाटाका अनुसार पनि मानसिक स्वास्थ्य समस्या बढेर गएको देखिन्छ । डिप्रेसनको समस्या किन हुन्छ ? डिप्रेसन जुनसुकै उमेर समुहमा हुन्छ । डिप्रेसन हुने कारणमा बायोलोजीकल कारणमा मानव मष्तिस्कमा विभिन्न विचार र मनलाई नियन्त्रण गर्ने विभिन्न रसायनको मात्रामा तलमाथि हुन जाँदा डिप्रेसनको समस्या आउन सक्छ । यसलाई तलमाथि गराउने कारणमा जीनमा खराब हुनु, जसले गर्दा मष्तिस्कमा जुन रसायन पलाउनु पर्ने हो, त्यो नै असामान्य बन्छ, त्यसको प्रवाह नै असामान्य बन्छ । त्यस्तो खाले समस्या हुने ब्यक्तिमा पनि डिप्रेसनको समस्या हुन्छ ।

बाह्य कारणमा दिमाग मस्तिष्कको संक्रमण हुनु, टाउकोमा चोट लाग्नु, अत्याधिक नशालु पदार्थको सेवन लगायतका कारण हुन् भने मनोवैज्ञानीक कारणमा धेरै मात्रामा तनाव भयो कुनै व्यक्तिमा थेग्ने क्षमता नहुनु र शरीरमा हुने हार्मोन तलमाथि हुँदा पनि डिप्रेसन हुन्छ । मस्तिष्कमा पाइने विभिन्न रसायनहरूको कमीले गर्दा पनि यो डिप्रेसन हुन सक्छ । सामाजिक तनावका कारण पनि डिप्रेसन हुन सक्छ । यो वशांणुगत हुन्छ । परिवारको कसैलाई मानसिक रोग छ भने सन्तानमा हुने सम्भावना बढी नै हुन्छ, एक पटक डिप्रेसन भएका मानिसलाई फेरि पनि हुने सम्भावना हुन्छ ।

डिप्रेसनमा रहेका व्यक्तिलाई परामर्शले मात्र ठीक हुन्छ ? डिप्रेसनको अवस्था हेरेर हुन्छ, सामान्य तनावका कारण दैनिक क्रियाकलापमा खासै असर परेको छैन । मननस्थिति अलि उदासिन त हो, तर उसको दैनिक जिम्मेवारी वहनमा गरेको छ भने परामर्श भन्दा पनि मनोवैज्ञानीक उपचार विधिको प्रयोग गरिन्छ । तर जिम्मेवारी वहन गर्न नसक्ने, एक्लै बस्ने, आत्मा हत्याका विचार आउने त्यस्ता खालका डिप्रेसन भएकालाई अलि कडा प्रकारको औषधि आवश्यक पर्छ । नेपालमा अहिले मानसिक रोगको स्थिति र उपलब्ध सेवाको तुलना गर्दा स्थिति चिन्ताजनक छ । यसप्रति जनचासो र सरकारी प्राथमिकता निकै कम छ । यो अवस्था त्यसबेला मात्र फेरिएला, जब जनमानसमा मानसिक रोगप्रतिको अज्ञान र भ्रम निवारण हुन्छ र मानसिक रोग लाग्नु पनि अरू रोगजस्तै हो भन्ने पर्छ । त्यो बेला डिप्रेसनको पनि उपचार हुन्छ भन्ने विश्वास सिर्जना हुन्छ ।

मानसिक रोग र डिप्रेसनमा समानता के छ ? मानसिक रोग धेरै प्रकारका छन । मानसिक रोग मध्येमा डिप्रेसन पनि एक प्रकारको मानसिक रोग हो । मानसिक समस्या भनेको डिप्रेसन मात्र पदैन । यसमा कडाखालका मानसिक रोग, निद्राका समस्या, मनयौन रोगका समस्या छन् । डिप्रेसन पनि एक प्रकारको मानसिक समस्याचाहिँ हो ।

समयमा उपचार नहुँदा के हुन्छ ? मानसिक स्वास्थ्य समस्या भनेको कम उमेरमै शुरुवात हुन्छ । बाल्यकाल, किशोर, वयस्क अवस्थामा नै शुरु हुन थाल्छ । यसको समयमा उपचार नहुँदा आत्मा हत्याका समस्या आउन सक्छ । उसको उमेरअनुसारको जिम्मेवारी पूरा गर्न नसक्दा पारिवारीक तनाव, कलह बढ्छ, आर्थिक रुपमा अगाडि सक्दैन् । नेपालको तथ्यांकमा आर्थिक समस्या धेरै छ । मानसिक स्वास्थ्य सेवामा पहुँच भने धेरै कम छ । मानसिक स्वास्थ्य र मनोरोगबारे आवश्यक सामाजिक चेतनाको विकास पनि हुन सकेको छैन । यसैले राज्य आफंै उपचार र जनचेतना जगाउन गम्भीर हुनुको विकल्प छैन ।